२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

खुला बजार नियन्त्रण गर्न संघको माग

बिहिवार , आषाढ २३, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, २३ असार । 
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे र सशस्त्र प्रहरी उपरीक्षक गगन कुमार श्रेष्ठलाई स्वागत गर्नुका साथै परिचयात्मक तथा छलफल कार्यक्रम गरेको छ । 

    कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीले खुला सीमा नाका व्यवस्थापन, अवैध व्यापार नियन्त्रण, आन्तरिक बजार प्रवद्र्धन, सीसीटिभी क्यामेरा व्यवस्थापन, बजार अनुगमनमा व्यवस्थापन, शान्ति सुरक्षामा ध्यान, लागूऔषध ओसारपसार नियन्त्रण, फरेनी बजारको नियन्त्रण जस्ता विषयमा ध्यान दिनुपर्ने माग गरेका छन् । प्रजिअ पाण्डे र सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्न तयार बताए । 

    संघका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव विजय पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थिति रहको थियो ।