२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

एकैदिन चट्याङ्ग लागेर २ मृत्यु, १३ जना घाईते

मंगलवार , आषाढ २१, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • काठमाडौं, २१ असार । एकैदिन देशका विभिन्न स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्युठान, दैलेख र रुकुम पश्चिमका विभिन्न स्थानमा सोमबार चट्याङ लागेर उनीहरुको मृत्यु तथा घाइते भएका हुन् ।प्युठानको ऐरावती– ६ बिजुलिकोट बस्ने १२ र ७ वर्षका दुई बालकको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।सोही स्थानमा चट्याङ लागेर अन्य पाँच जना घाइते भएका छन् ।

    घाइतेहरुको उपचार अहिले जिल्ला अस्पतालमा भइरहेको छ । प्युठानकै ऐरावती–१ महारानी बस्ने एक बालिका र तीन जना महिला पनि सोमबार चट्याङ लागेर घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ स्थित एक कच्ची घरमा चट्याङ पर्दा दुई जना घाइते भएका छन् । दैलेखकै महाबु गाउँपालिका–१ खैरिगैरामा परेको चट्याङ लागेर दुई जना घाइते भएका छन् । न्युज कारखाना