
मंगलवार , आषाढ २१, २०७९
भैरहवा, २१ असार ।
रुद्रदेवी कला केन्द्र सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा मिलानो फूटवेयर भैरहवा डान्सिङ सुपरस्टार प्रतियोगिता हुने भएको छ । बालबालिका तथा युवाहरुको प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागि केन्द्रका प्रबन्ध निर्देशक सुनिल गुप्ताले बताए ।
सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी कला केन्द्रले प्रतियोगिताबारे जानकारी गराएको छ ।
कार्यक्रम अन्तर्गत पहिलो अडिसज यही असार २५ गते, दोस्रो अडिसन असार ३२ गते, तेस्रो साउन ७ गते, चौथो साउन १४ गते र पाँचौ अडिसन साउन २१ गते हुने गुप्ताले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई रु. ४९ हजार ९ सय ९९, द्वितीय हुनेलाई २९ हजार ९ सय ९९ र तृतीयलाई रु. ९ हजार ९ सय ९९ पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।
जिल्लास्तरीय प्रतियोगितामा २ सय जनाको सहभागीता हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
२५ लाख अनुमानित खर्च हुने प्रतियोगिताबाट बचेको रकम रुपन्देहीका ग्रामीण क्षेत्र अन्तर्गत २१ वटा गाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जुत्ता, चप्पल, पोशाक तथा स्टेशनरी सामाग्री वितरण गरिने गुप्ताले जानकारी दिए ।
प्रतियोगितामा कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरु सहभागी हुने पाउने र प्रवेश शुल्क वापत रु. ५ सय तोकिएको उनले बताए । प्रतियोगितामा अडिसन, कोरियोग्राफी र फाइनल गरी ३ वटा राउण्ड हुने र कोरियोग्राफी राउण्डको शुल्क रु. ५ हजार तोकिएको उनले जानकारी दिए ।
‘प्रतियोगीले नेपाली, अंग्रेजी र हिन्दी गीतमा नृत्य प्रस्तुति गर्न पाउनेछन, फाइनलमा मात्र भोटिङ हुनेछ, ’उनले भने । प्रतियोगिताको फाइनल भदौमा हुने गुप्ताले बताए । प्रतियोगिता अवधिमा भारतको मुम्बईबाट नृत्य प्रशिक्षक अक्षय समिकरण समेत आउने उनले बताए । उनका अनुुसार रुद्रदेवी कला केन्द्रले २०७४ सालमा नसिब गार्मेन्ट भैरहवा डान्सिङ स्टार सिजन १ आषेजना गरेको थियो र उक्त कार्यक्रमको फाइनलमा शिवम चौधरी विजेता भइ रु. ५० हजार पुरस्कार प्राप्त गरेका थिए । ६ वर्ष अघि सञ्चालनमा आएको रुद्रदेवी कला केन्द्रबाट नृत्य सिकेका विद्यार्थीहरु विभिन्न विद्यालयहरुमा प्रशिक्षण दिइ समेत आत्मनिर्भर भएको प्रबन्ध निर्देशक गुप्ताको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij