सोमवार , आषाढ २०, २०७९
बुटवल, २० असार ।
बुटवल कोरा २०२२ को सचिवालयको उद्घाटन गरिएको छ । असार ३२ गते शनिबार हुने बुटवल कोरा २०२२ को आवश्यक तयारी गर्ने उद्देश्यका साथ कालिकानगरमा सचिवालय उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले कार्यक्रमको आवश्यक तयारीका लागि सचिवालय स्थापना गरिएको बताए । बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजना तथा ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईक्लिङ गु्रप, नवलपरासी जिल्ला साईक्लिङ संघको सहयोगमा नेपालमा आधिकारिक कोरा आयोजकसँग समन्वय गरेर बुटवलमा कार्यक्रम गर्न लागेको उनले बताए । करिब ३ लाख रुपैयाँ खर्च हुने कार्यक्रमबाट अघिल्लो वर्ष जस्तै सामाजिक कार्यमा योगदान गर्ने उनले बताए ।
रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारीले विश्वभर एकै दिन कोरा गरिदै आएको बताए । उनले धार्मिक स्थलहरुको पहिचान, एकता र सामाजिक भावना विकास गर्ने पवित्र चाडका रुपमा रहेको उनले बताए । दैनिक जीवनमा साईकलको बढी भन्दा बढी प्रयोग गर्न सके यसबाट मानिसको स्वस्थ्य र पर्यावरण जोगाउन योगदान मिल्ने उनले बताए ।
कार्यक्रममा ह्याप्पीका उपाध्यक्ष किरण श्रेष्ठले कोराको मूल मर्मअनुसार सामाजिक क्षेत्र कोरामार्फत योगदान गर्दै आएको बताए । कोरा कार्यक्रम केवल साईकल ईभेन्ट मात्र नभइ यो साईकिलेहरुका लागि ठूलो पर्व भएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए।
क्लबका सचिव राजु तिवारीले रुपन्देहीका साईकिलेहरुलाई एकताबद्ध गराएर सामाजिक कार्यमा अग्रसर गराउने अभियानका रुपमा कोरा चल्दै आएको बताए ।
कार्यक्रमका संयोजक रबिलाल सुवेदीले विभिन्न उपसमितिमार्फत कार्यक्रमको तयारी तीव्र रुपमा चलेको बताए । टिसर्ट, नास्ता र खाना लगायतको स्पोन्सर प्राप्त भएको उनले बताए । कार्यक्रमको रुट र टिसर्ट सार्वजनिक एक हप्ताभित्र गरिने उनले बताए । यो वर्ष कोरामा एक सय बढी साईक्लिष्टहरु सहभागी हुने बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij