२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

निजामती कर्मचारी संगठन लुम्बिनी अस्पताल अध्यक्षमा खनाल

शनिवार , आषाढ १८, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • बुटवल, १८ असार ।
    नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सीता खनाल चयन भएकी छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत कर्मचारीहरुको भेलाले शुक्रबार भएको भेलाले खनाललाई अध्यक्षमा चयन गरेको हो । 

    भेलाले संगठनको उपाध्यक्षमा विरोध पाण्डे,  सचिवमा सुशिल ढकाल, सह–सचिवमा भेषराज बन्जाडे र कोषाध्यक्षमा गुणकला खनाललाई चयन गरेको छ । त्यस्तै, संगठनको सदस्यहरुमा वसन्ती पाठक, दीपक थापा, नारायण रिमाल, दीपेन्द्र गिरी, माधविर सिंह कार्की, सुमिन्द्र अर्याल र कमल लामिछाने निर्विरोध निर्वाचित भएको नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कमिटिका महासचिव नेत्र प्रसाद आचार्यले बताए । 

    सम्पूर्ण निर्वाचितहरुलाई नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उपमहासचिव कृष्ण बहादुर केसीले पद तथा गोपनियताको सपथग्रहण गराउँदै सबै सदस्यहरु एकजुट भइ अघि बढ्दा जुनसुकै शक्तिलाई पनि परास्त गर्न सक्षम हुने दावी गरे । उनले संगठनका सदस्यहरु सदैव रचनात्मक काममा लागिरहनु पर्ने र सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्न सुझाव दिएका थिए ।

    नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य काशीराम आचार्य र नारायण प्रसाद भण्डारीले नेपाल निजामती कर्मचारी संगठन सरकारी निकायमा कार्यरत सबै खाले कर्मचारीहरुको छाता संगठन भएकोले यस संगठनमा आबद्ध भइ कर्मचारीहरुको हकहित, वृत्ति विकास लगायतका विषयहरुमा सामूहिक सौदावाजी गर्दै निष्पक्ष सेवा प्रवाहमा नमूना भइ काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गर्दै संगठनको इतिहासदेखि हालसम्मका गतिविधिका सम्बन्धमा चर्चा गरेका थिए । 

    नेकपा (एमाले) रुपन्देहीका जिल्ला कमिटी सदस्य मेघदेव पन्तले नेपाल निजामती कर्मचारी संगठनले लोकतन्त्र प्राप्तिको लागि गरेको योगदानका सम्बन्धमा खुलेर प्रशंसा गर्दै कर्मचारीहरुका व्यक्तिगत गुनासाहरु सम्बोधन नहुन पनि सक्ने हुँदा सांगठनिक रुपमा संगठित भएर आवाज बुलन्द गर्दै लागेमा कर्मचारीहरुको वृत्ति विकास लगायतका विषयमा सम्बन्धित निकायको ध्यान पुग्नेछ भन्दै कर्मचारीहरुले सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउन सकेमा कर्मचारी प्रति समाजमा देखिएको वितष्णा कम हुँदै जाने कुरामा जोड दिए ।

    कार्यक्रममा पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य रुपलाल पन्थी, आधिकारीक ट्रेड युनियन रुपन्देहीका अध्यक्ष हरिप्रसाद खनाल लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए भने संगठन रुपन्देहीका उपाध्यक्ष विष्णु खनाल, ठानेश्वर बस्याल लगायतले पनि बोलेका थिए ।