२०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

लायन्स तथा लियोद्वारा रक्तदान

शुक्रवार , आषाढ १७, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • बुटवल, १७ असार । 
    लायन्स क्लब बुटवल स्टार्स, लायन्स क्लब अफ डायनामिक लेडिज, लायन्स क्लब बुटवल संसार, लायन्स क्लब अफ बुटवल मेट्रोसिटी, लायन्स क्लब अफ बुटवल स्मार्ट सिटी  र  लियो क्लब बुटवल स्टार्सको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । शुक्रबार बुटवलको रक्त संचार केन्द्रमा रक्त संचारको प्राविधिक सहयोग रक्तदान गरेको छ ।

    नवनिर्वाचित अध्यक्ष विजय बर्नवालले पहिलो दिनमा रक्तदान गरेर सामाजिक कामको सुरुवात गरेका हुन् । अब ९० दिनमा रक्तदान गर्ने बर्नवालले बताए ।

    कार्यक्रममा ६३ जनाले रक्तदान गरेको संयोजक डीएस भट्टराइले जानकारी दिए ।  कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपालका प्रथम भ्वाइस गभर्नर अर्जुनमान सैंजुले लायन्स स्टार्सले नाम जस्तै काम पनि गरेको र विभिन्न समयमा सामाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय काम गर्दै सेवा गरेकोमा प्रशंसा गरे । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का द्वितीय भ्वाइस गभर्नर पुरुषोत्तम प्रधानाङ्ग, डिष्ट्रिक सचिव संन्दिप कसौधन, एरिया ३ चिफ एमएल पाण्डे लगायतले बोलेका थिए ।

    त्यस्तै कार्यक्रमा लायन्स क्लब अफ डायनामिक लेडिज अध्यक्ष बसन्ती कुमारी भुर्तेल, लायन्स क्लब बुटवल संसार अध्यक्ष महेश न्यौपाने, लायन्स क्लब अफ बुटवल मेट्रो सिटीका अध्यक्ष रामप्रसाद बेलबासे, लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीका अध्यक्ष जित बहादुर राना र लियो क्लब बुटवल स्टार्सका अध्यक्ष शिवम कसौधन लगायतले आफ्नो धारण राखेका थिए ।