२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

बाढीले डाइभर्सन बगाएपछि नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

बुधवार , आषाढ १५, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • चितवन, १५ असार ।

    पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डमा पुल बनाउने क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएपछि उक्त सडकखण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण स्थानीय खहरेखोलामा अहिले ठूलो बाढी आएको छ ।

    नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका तीनवटा डाईभर्सन बाढीले बगाएको हो । बिहान ६ बजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प छन् । बाटो खुलाउनका लागि केही  समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जयराम पन्तले जानकारी दिए । न्युज कारखाना