images

बिहिवार, बैशाख १३ गते २०८१

नमुनाद्वारा २३ घरपरिवारलाई राहत साम्रगी वितरण

नमुनाद्वारा २३ घरपरिवारलाई राहत साम्रगी वितरण

images
images
images
मंगलवार, आषाढ १४ २०७९
मंगलवार, आषाढ १४ २०७९
  • नमुनाद्वारा २३ घरपरिवारलाई राहत साम्रगी वितरण

    रुपन्देही, १४ असार ।
    नमुना एकीकृत विकास परिषद् (नमुना) रुपन्देहीले २३ वटा विपन्न घरपरिवारलाई राहत साम्रगी वितरण गरेको छ । टेवाको सहयोग तथा शिवराज नगरपालिकाको समन्वयमा नमुनाले शिवराज नगरपालिका वडा नम्बर ६ मा २३ परिवारलाई राहत साम्रगी वितरण गरेको हो ।

    images

    नमुनाको आयोजनामा भएको कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले संस्थाको माध्यमबाट यस्तो काम हुनु धेरै राम्रो कार्य भएको बताइन् । उनले संस्थाले थप आत्मनिर्भर बनाउने र सशक्तिकरणका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् । 

    शिवराज नगरपालिका वडा नम्बर ६ का अध्यक्ष माहेताब आलम खाँले वडामा हुने विभिन्न कार्यक्रम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    नमुना एकीकृत विकास परिषद्की अध्यक्ष ज्ञानु पौड्यालले प्रतिव्यक्ति २० हजार ९ सय ७४ रुपैयाँ बराबरको खाद्यान्न, मोबाइल, ग्यास स्टोभ, भाडा, सरसफाई किट लगायत सामग्री वितरण गरिएको बताइन् । एकल महिला, अपांगता भएका व्यक्ति तथा विपन्न २३ परिवारलाई ४ लाख ८२ हजार ४ सय २ रुपैयाँ बराबरको सामग्री वितरण गरिएको उनले जानकारी दिइन् ।

    287948343_1163994381116478_6452217429198982871_n.jpg

    सोही कार्यक्रममा आगामी दिनमा संस्थाले लिएको अभियानमा सहयोग गर्ने नगरपालिकालाई सामुदायिक सुरक्षा जालोको तर्फबाट पदाधिकारी र नमूनाकी अध्यक्ष ज्ञानु पौड्यालले उपप्रमुख शिवकुमारी थारुलाई मागपत्र दिएका थिए ।

    संस्थाकी सयोजक सीता भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा वडा नम्बर ६ का स्वास्थ्य शाखा प्रमुख प्रमोद ज्ञवाली, सामुदायिक सुरक्षा जालोका संयोजक तैलेश्वर चौधरी, नमुनाका कार्यक्रम संयोजकहरु राजेश जि.सी, राजन गुप्ता, सामाजिक परिचालक भुनेश्वर सिंह, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij