सोमवार , आषाढ १३, २०७९
भैरहवा, १३ असार । नेपाल चलचित्र संघको उपमहासचिवमा भैरहवा निवासी ओम जैशी चयन भएका छन् । गत जेठ २१ गते काठमाडौंमा सम्पन्न संघको ४७ औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट बिरेन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति गठन गरिएको गियो ।
निर्वाचनबाट अध्यक्ष तथा कार्यसमिति सदस्य निर्वाचित गरिएको थियो । संघको विधान २०५१ अनुसार सोमबार कार्यसमितिको बैठकबाट पदाधिकारीहरुको चयन गरिएको विज्ञप्तीमार्फत जानकारी गराइएको छ । उपमहासचिवमा चयन भएका जैशी विगत १० वर्षदेखि चलचित्र क्षेत्रमा आबद्ध छन् ।
उनले यसअघि चलचित्र संघ पश्चिमाञ्चल सभापतिको समेत जिम्मेवारी सम्हालिसकेका छन् । जैशी भैरहवास्थित काशी सिनेप्लेक्स प्रा.लि.का अध्यक्ष समेत हुन् । चलचित्रसँगै उनी शिक्षा क्षेत्रमा आबद्ध छन् ।
संघको निवर्तमान अध्यक्षमा मधुसूदन प्रधान, प्रथम उपाध्यक्षमा कुवेर शर्मा, द्वितीय उपाध्यक्षमा गोपाल काजी कायस्थ, तृतीय उपाध्यक्षमा भाष्कर ढुंगाना, महासचिवमा नरेन्द्र महर्जन र कोषाध्यक्षमा कपिल प्रसाद द्वा रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यमा मिजाश पोखरेल, निरज कार्की, गोविन्द बहादुर शाही, चैतन्य बराल, युवराज प्रसाई., प्रज्वल शमशेर जबरा, सुरेन्द्र कुमार थापा, राजकुमार श्रेष्ठ र दिप्रश शाक्य रहेका छन् ।
संघको पूर्वाञ्चल समितिको सभापतिमा निरज गुप्ता, पश्चिमाञ्चलमा केदार प्रसाद पराजुली, उपत्यका समितिको सभापतिमा सुरेन्द्र कुमार थापा, उपसभापतिमा दुर्गालाल प्रधान, सचिवमा सुरेन्द्र तण्डुकार, सदस्यमा रितेश थकुलवट, प्रदर्शन समितिको सभापतिमा प्रज्वल शमशेर जबरा, वितरण समितको सभापतिमा गोविन्द बहादुर शाही रहेका छन् । त्यसै गरी सल्लाहकारमा राजकुमार पोखरेल, नकिम उद्दिन, प्रदीप कुमार उदय र अर्जुन श्रेष्ठ रहेका छन् । कार्यसमितिको दोस्रो बैठक आगामी भदौ ६ गते इटहरीमा सम्पन्न गर्ने संघका अध्यक्ष बिरेन्द्र नारायण श्रेष्ठले जानकारी दिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij