२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज सार्वजनिक गरियोस् : कृष्णगोपाल श्रेष्ठ

आइतवार , आषाढ १२, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, १२ असार । एमाले सांसद कृष्णगोपाल श्रेष्ठले १४ असारमा बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज अविलम्ब सार्वजनिक गर्न माग गरेका छन् ।

    आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १४ असारमा अनधिकृत मान्छे सहभागी गराई बजेट बनाएकाले अर्थमन्त्रीले तत्काल राजीनामा दिन माग गरे । 

    एमाले अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा बजेटमा भएको मानवीय त्रुटिका कारण तत्कालीन अर्थ सचिवले राजीनामा दिएको उनले बताए । यस्तै, पूर्वअर्थमन्त्री डा।रामशरण महतले पनि बजेटका विषयमा सांसदहरूले प्रश्न उठाएपछि आफूले तत्काल राजीनामा दिएको उल्लेख गर्दै अहिलेका अर्थमन्त्री शर्मालाई पनि राजीनामा दिन माग गरे । न्युज कारखाना