२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

विश्व सहरी सम्मेलनमा सहभागी हुन राप्रपा केन्द्रीय सदस्य थापा पोल्याण्ड जाँदै

शनिवार , आषाढ ११, २०७९

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, ११ असार ।
    युएन हेबिटेटको आयोजनामा विश्व सहरी सम्मेलनमा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य स्वाती थापा शनिबार पोल्याण्ड जाँदैछिन् । पोल्याण्डको क्याटोविस शहरमा जुन २६ (भोलि) देखि  जुन ३० सम्म हुने सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् ।

    नेदरल्याण्डको इरासमस युनिर्भसिटी इन्टरनेशनल अलमुनी बोर्डका उपाध्यक्ष समेत रहेकी थापा आज पोल्याण्ड प्रस्थान गर्ने भएकी हुन् । उनी प्रतिमान–नीमा स्मृति प्रतिष्ठाको कार्यकारी निर्देशक तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको सञ्चालक समिति सदस्य समेत हुन् ।