images

शनिवार, बैशाख ८ गते २०८१

सुविना गिरीको घाँटी थिचेर हत्या भएको पोस्टमार्टम रिपोर्ट, श्रीमान् र भाञ्जा पक्राउ

सुविना गिरीको घाँटी थिचेर हत्या भएको पोस्टमार्टम रिपोर्ट, श्रीमान् र भाञ्जा पक्राउ

images
images
images
बिहिवार, आषाढ ९ २०७९
बिहिवार, आषाढ ९ २०७९
  • सुविना गिरीको घाँटी थिचेर हत्या भएको पोस्टमार्टम रिपोर्ट, श्रीमान् र भाञ्जा पक्राउ

    रुपन्देही, ९ असार ।
    गत जेठ ३० गते तिलोत्तमा नगरपालिका– ६ मा मृत अवस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका-१६ बस्ने नरु गिरीले ३८ वर्षीय सञ्जय (सुविनाका श्रीमान) र कञ्चन गाउँपालिका घर भइ मामाघर बस्दै आएका भान्जा २१ वर्षीय कुशल गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएपछि प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

    पोष्टमाटम रिपोर्टमा झुण्डिएको नभइ घाँटी थिचिएका कारण मृत्यु भएको खुलेपछि सुविनाका अभिभावकले किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा सञ्जय र कुशललाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले बताए ।

    “पोष्टमार्टम रिपोर्टमा झुण्डिएर नभइ ‘नेक प्रेसर’ का कारण मृत्यु भएको भन्ने आयो त्यसैले घटना शंकास्पद छ । अब आरोपीतबाट पनि धेरै कुरा खुल्छ”, प्रमुख केसीले भने ।

    सुविनाका श्रीमान सञ्जयले सुविनलाई तिलोत्तमा–६ पश्चिमपहुनीमा रहेको मिलन फेमिली रेष्टुरेण्टको कोठामा जेठ ३१ गते राती एकबजे झुण्डिएको अवस्थामा फेला पारी सुविनालाई क्रिमसन अस्पताल पुर्याएपछि आफन्तलाई खबर गरेका थिए । सुविनालाई अस्पताल पुर्याउँदा चिकित्सकले पहिले नै मृत्यु भएको बताएका थिए ।

    यता सुविनाको घाँटी थिचेर मृत्यु भएको पुष्टि भएकाले दोषीलाई कारवाही गर्न सुविनाका आफन्तले माग गरेका छन् ।
    सुविनाका बाबु नरु गिरीले पोष्टमार्टम रिपोर्टअनुसार अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गर्दै न्याय दिन आग्रह गरे । “पोष्टमार्टम रिपोर्टले घाँटी थिचेर हत्या भएपछि झुण्ड्याइएको प्रष्ट पारेको छ, दोषीलाई तत्काल कारवाही हुनुपर्छ”, उनले भने । 
    यसअघि सुविनाका बाबु नरुले गत जेठ ३१ गते नै ईलाका प्रहरी कार्यालय बुटवलमा ज्यान सम्बन्धी कसुरमा छानबिन गरी कारवाही गरियोस् भनि जाहेरी दिएका थिए भने बुधबार किटानीसहितको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

    मध्यरातमा आफ्नै आगाडि झुण्डिएको र आफैले हस्पिटलमा ल्याएको दाबी गरेका सुविनाका पति सञ्जयको वयान समेत नमिलेको देखिएकाले घटना रहस्यमय भएको प्रहरीको भनाइ छ । 

    गत जेठ ३० गते राति घरदेखि केही परको होटलमा झगडा भएपछि सोही होटलको कोठामा सुविना एक्कासी झुण्डिएको सञ्जयको बयान थियो । झुण्डिएको हो वा होइन भन्नेमै आशंका रहेका बेलामा आएको पोस्टमार्टम रिपोर्टले भने झुण्डिएर मृत्यु नभएको यकिन गरिदिएको छ । “घाँटीमा हातले थिचेको छ, टाउकोमा पनि चोट देखिएको त्यसैले स्पष्ट भन्ने आधार छैन”, डा. आहना श्रेष्ठ भन्छिन् ।

    झुण्डिएको अवस्थामा देख्ने कोही नभएको र पतिकै व्यवहार शंकास्पद लागेपछि माइतीले सुरुदेखि नै गहिरो अनुसन्धान गर्न माग गरेका थिए । 

    झुण्डिएको भनिएको दिन बिहानैदेखि दिउँसोसम्म घरमा झगडा भएको, नन्द, अमाजु लगायतले पनि गाली गलौज गरेको, अघिल्लो रात पतिले मदिरा सेवन गरी कुटपिट गरेको, आफ्नै सामुन्ने कुटपिट गर्दा पनि सासुले रोक्ने पहल नगरेको र मानसिक तथा शारीरिक यातना दिनदिनै दिने गरेको खुलेको माइती पक्षको दाबी छ । 

    सुविनाकी फुपु छमा गिरीले सुरुमै सूचना दिने बेलादेखि नै पति (संजय) र परिवार तथा नातेदारको भूमिका शंकास्पद लागेको बताइन् ।

    झुण्डिएर मरेको भन्ने कुरा पोष्टमाटममा पुष्टि नभएपछि पतिले नै परिवार तथा नातेदारको सहयोगमा कर्तव्य गरेर मारेको आशंका रहेकाले प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न आग्रह गरिएको सुविनाका काका निमु गिरी बताउँछन् । शरीरमा लागेको चोटपटक, भुत्लाइएको कपाल, नङका डाम, विभिन्न ठाउँमा निल डाम प्रष्टै दिखिएकाले पनि सुरुमै आत्महत्या होइन भन्ने निष्कर्षमा पुगेको उनको भनाइ छ । सुविनाको मृत्युपछि दुई नाबालक सन्तानको संरक्षण, हेरचाह र भविष्य सुनिश्चितताका लागि चलअचल सम्पत्ति व्यवस्था गर्न समेत माइती पक्षको माग छ । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij