images

मंगलवार, बैशाख ११ गते २०८१

मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुद्वारा भैरहवामा प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला दहन

मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुद्वारा भैरहवामा प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला दहन

images
images
images
बुधवार, आषाढ ८ २०७९
बुधवार, आषाढ ८ २०७९
  • मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुद्वारा भैरहवामा प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला दहन

    भैरहवा, ८ असार ।
    पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलन सुरु गरेको प्रमुख विपक्षी दल नेकपा (एमाले) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जर्नादन शर्माको पुत्ला दहन गरेको छ । त्यस क्रममा प्रहरीले विद्यार्थीहरुबाट पुत्ला खोसेर निभाएको थियो ।

    images
    288463683_533028365032601_6472732540309912771_n.jpg

    भैरहवास्थित भैरहवा बहुमुखी क्याम्पस बाहिर विद्यार्थीहरुले मंगलबार सांझ सरकारविरुद्ध नाराबाजी गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । 

    नेकपा (एमाले) का युवा नेता तथा अनेरास्ववियु केन्द्रीय सदस्य सरोज ठकुरीले वर्तमान गठबन्धन सरकारले मूल्यवृद्धि गरेर जनताको ढाड सक्ने काम गरेको आरोप लगाए ।

    विरोध प्रदर्शनमा अनेरास्ववियुका नेता विवेक भण्डारी, सुनिल खनाल, मनिषा कार्की, सागर न्यौपाने, के.एल. पाण्डे, आशिष पन्त लगायतको उपस्थिति रहेको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij