images

शुक्रवार, बैशाख १४ गते २०८१

कोरोना जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा संघर्ष समिति गठन

कोरोना जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा संघर्ष समिति गठन

images
images
images
मंगलवार, आषाढ ७ २०७९
मंगलवार, आषाढ ७ २०७९
  • कोरोना जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा संघर्ष समिति गठन
    भैरहवास्थित भीम अस्पताल ।

    भैरहवा, ७ असार ।
    कोरोना जोखिम भत्ता हालसम्म पनि आफूहरुले नपाएको भन्दै भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले संघर्ष समिति गठन गरेका छन् । २०७८ वैशाखदेखि पुससम्म खटिने स्वास्थ्यकर्मीहरुलाई सरकारले कोरोना जोखिम भत्ता दिने निर्णय गरे पनि हालसम्म पनि नपाइएकोले आन्दोलनमा जानुपर्ने परिस्थिति सिर्जना भएको स्वास्थ्यकर्मी गोपाल उपाध्यायले बताए । उनले भीम अस्पताल कर्मचारी संघर्ष समिति गठन गरिएको जानकारी दिए ।

    images

    उपाध्यायको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा डा. आरिफ हुसेन, सचिवमा जनकराज पन्त र कोषाध्यक्षमा डा. सिद्धार्थ पाण्डे रहेका छन् । त्यस्तै सदस्यहरुमा सविता शर्मा, आशिष श्रेष्ठ, अमिशा न्यौपाने, चौभस कर्ण, शान्ता अर्याल, वसन्त त्रिपाठी, शशिकान्त उपाध्याय, धर्मेन्द्र ठाकुर, रविना के.सी., पार्वती चौधरी र डा. हेमन्त दाहाल रहेका छन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij