२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

लायन्स सिद्धार्थनगर लेडी युथद्वारा विद्यालयलाई सिलिङ पंखा वितरण

मंगलवार , आषाढ ७, २०७९

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, ७ असार ।
    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले सिद्धार्थनगर–३ स्थित श्री खजहना आधारभूत विद्यालयलाई १२ थान सिलिङ पंखा वितरण गरेको छ । क्लबको पाँचौ स्थापना दिवसको अवसर पारेर सोमबार विद्यालयलाई पंखा वितरण गरिएको अध्यक्ष तनु शर्मा कसौधनले बताइन् । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी)का गभर्नर नवराज न्यौपानेले लायन्स सिद्धार्थनगर लेडी युथले सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिदै आएको भन्दै खुसी व्यक्त गरे ।

    सिद्धार्थनगर–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायको विशिष्ट आतिथ्यता, लायन्स डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापा, डिष्ट्रिक डिपार्टमेन्ट मेम्बर रुपमा हिराचन, जोन चेयरपर्सन अभिनव मयुर कसौधन, डिष्ट्रिक प्रोग्राम मेम्बर विनय कसौधन, दुर्गा आचार्य, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलकी अध्यक्ष रिचा थापा, विद्यालयका प्रअ सुरेन्द्र मिश्रा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रम संयोजक मनिषा कसौधनको स्वागत, माधुरी थापाको ध्वजा अभिवादन तथा तृप्ती वर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।