२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको योजना तर्जुमा गोष्ठी

मंगलवार , आषाढ ७, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • परासी, ७ असार ।

    पश्चिम नवलपरासीको सुस्ता गाउपालिकाको आयोजनामा आर्थिक वर्ष २०७९/०८० का लागि योजना तर्जुमा गोष्ठी सम्बन्धी सर्वदलीय बैठक आइतबार सुस्ताको कुडियामा सम्पन्न भएको छ । सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष उपाध्यायले विगतका दिनहरुमा भएका विकास निर्माणका अपूर्ण कार्यहरुलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने बताउँदै स्वास्थ्य, शिक्षा, कृषी लगायत कार्यका लागि विशेष कार्य योजना बनाइने जानकारी दिए । उनले सुस्ता गाउँपालिकामा रहेका सार्वजनिक जग्गा एकिन गरिनुका साथै लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतनामुलक कार्य गरिने तथा शिक्षा क्षेत्रमा परिणाममुखी नतिजा ल्याइने र विद्यालय तथा शिक्षकहरुलाई सम्मान तथा पुरस्कृत गरिने समेत बताए ।

    कार्यक्रममा सुस्ता गाउपालिकाका निर्वतमान अध्यक्ष राम प्रसाद पाण्डेले विगतका राम्रो कार्यलाई क्रमगत रुपमा अगाडी बढाउँदै थप नयाँ कार्यलाई सहमति, सहकार्य र एकताको माध्यमबाट नेतृत्व वर्ग अघि बढ्नुपर्ने सुझाव दिए ।

    सो अवसरमा नेपाली कांग्रेसका रविन्द्र कुमार जैसवाल, नेकपा एमालेका ज्ञान प्रसाद पाठक, नेकपा माओवादी केन्द्रका अमित कुमार खड्का, जनता समाजवादी पार्टी, नेपालका नन्दलाल गुप्ता, जनता प्रगतिशिल पार्टीका प्रेमचन्द्र गुप्ता, नेकपा (एकीकृत समाजवादी) का शिव प्रसाद गैरे र राप्रपाका मदन ज्ञवाली लगायतले सुझाव मन्तब्य राखेका थिए ।

    सुस्ता गाउपालिका वडा नम्बर २ का वडाअध्यक्ष कृष्णलाल मुखियाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विष्णु प्रसाद ढकालले गरेका थिए । सो अवसरमा सुस्ता गाउँपालिका अन्तर्गतका सामुदायिक विध्यालयका प्र.अ., पालिका अन्तर्गत रहेकोे विभिन्न शाखाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको उपस्थिति रहेको थियो ।