
सोमवार , आषाढ ६, २०७९
भैरहवा, ६ असार ।
रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धले लागूऔषध दुर्व्यसनी र अवैध तस्करीविरुद्ध जनचेतना फैलाउने कार्यक्रमको थालनी गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेश, सिद्धार्थनगर नगरपालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, रुपन्देही र युथ भिजनको सहयोगमा क्लबले आइतबारदेखि कार्यक्रमको सुरुवात गरेको हो ।
आइतबार भैरहवास्थित सुंसस्कृत माध्यमिक विद्यालयबाट कार्यक्रमको सुरुवात गरिएको क्लबका अध्यक्ष कपिल चापागाईले बताए । आगामी दिनमा पनि यस्ता कार्यहरुलाइ निरन्तरता दिइने उनले बताए । सुसंस्कृत मा.वि.मा भएका कार्यक्रममा कक्षा १० मा अध्ययनरत ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको क्लबका हेड अफ डाइरेक्टर दुर्लभ प्रसाद पोखरेलले जानकारी दिए ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष भोजेन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्यता, युथ भिजनका प्रिन्स श्रीवास्तव, विद्यालयका सहायक प्रधानाध्यापक रामकृपाल यादव, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक ईश्वर रोक्का, विनय राना लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
विद्यालय विद्यालयमा पुगेर सचेतना फैलाउने कार्यक्रम संयोजक शेषराज पन्थले बताए । क्लबका सचिव अंकित खातीका अनुसार कार्यक्रम असार १२ गतेसम्म सञ्चालन हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij