२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

भैरहवामा ६ दिने आँखा उपचार केन्द्र व्यवस्थापन तालिम सुरु

सोमवार , आषाढ ६, २०७९

भैरहवा, ६ असार ।

नेपाल नेत्र ज्योति संघ, रुपन्देही शाखा, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/श्री रण अम्बिका शाह आँखा अस्पताल र यसअन्र्तगत सञ्चालित २२ वटा आँखा उपचार केन्द्रका इञ्चार्जहरुको लागि ६ दिने उपचार केन्द्र व्यवस्थापन तालिम आइतबारदेखि भैरहवामा सुरु भएको छ ।

तालिममा लुम्बिनी प्रदेशको रुपन्देही, परासी, बुटवल, गुल्मी, अर्घाखाची, प्यूठान, रामपुर पाल्पा, देवदह, लुम्बिनी, त्रिवेणी, कपिलवस्तु लगायत स्थानमा रहेका आँखा उपचार केन्द्रका इञ्चार्जहरुको सहभागि रहनेछ । 

कार्यक्रमका बोल्दै नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले प्राय आँखा केन्द्रहरुमा १० देखि ५ बजेसम्म कार्य मात्र पुरा गर्ने नभएर आँखा केन्द्रका कर्मचारीहरुसंग सुमधुर सम्बन्धमा कायम गर्नुपर्ने बताए । उनले आफ्नो आँखा उपचार केन्द्र वरीपरी राम्रो सम्बन्ध राखेर आँखा उपचारमा केन्द्रीत हुनुपर्ने बताए ।


लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका चिफ मेडिकल डाइरेक्टर प्रा.डा. ज्ञानेन्द्र लामिछानेले यस्तो तालिम आयोजना गर्ने धेरै अगाडी सोच आएको तर यसपटक सफल भएको बताए ।  उनले भने, ‘लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र यसअन्र्तगत संचालित सबै आँखा उपचार केन्द्रहरुको सेवा एकैप्रकारको गुणस्तरीय  हुनुपर्छ । ’ यो तालिम सफल भएमा अन्य प्रदेशका आँखा उपचार केन्द्रहरुमा समेत तालिम संचालन गर्ने आधार रहने उनको भनाइ थियो ।

सेवा नेपालका कन्ट्री डाईरेक्टर राम प्रसाद कडेलले आँखा केन्द्रहरुको सफलता र असफलताले केन्द्रिय सफलताको छवि देखाउने बताए ।

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका चिफ मेडिकल डाइरेक्टर प्रा.डा. ज्ञानेन्द्र लामिछानेको अध्यक्षता, नेपाल नेत्र ज्योति संघका केन्द्रिय उपाध्यक्ष, लुम्बिनी प्रदेशका सभापति एव अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यता तथा नेत्र सहायक अधिकृत सुसन नकर्मीका सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बाह्रय कार्यक्रम निर्देशक डा. कबिन्द्र बज्राचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा सेवा नेपाका कन्ट्री डाईरेक्टर श्री राम प्रसाद कंडेल, राजेन्द्र प्रसाद पन्थी, राजेश ढकाल, विष्णु प्रसाद उपाध्याय, सह–प्राध्यापक डा. शुशिला पटेल, अस्पतालका व्यवस्थापक प्रकाश रायमाझी लगायतको आतिथ्यता रहेको थियो ।

तालिमम प्रशिक्षकहरु राम प्रसाद कँडेल, सुसन नकर्मी, सागर घिमिरे, संजीव अधिकारी  र विभिन्न बिधाका विज्ञहरु रहने अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिए ।