२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

आइतवार , आषाढ ५, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • चन्द्रौटा, ५ असार ।
    कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट आइतबार एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–३ भिक्षुचोकका ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् । 

    टिपरको ठक्करबाट गम्भिर घाइते गुप्ताको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।

    भैरहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ क ०३०९ नम्बरको टिपरले गुप्ता सवार साइकललाई ठक्कर दिएको हो । टिपर चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ । रासस