images

शुक्रवार, चैत्र १६ गते २०८०

अमित यादवको मृत्युबारे बुझ्न मधेशी आयोग मर्चवारमा

अमित यादवको मृत्युबारे बुझ्न मधेशी आयोग मर्चवारमा

images
images
images
आइतवार, आषाढ ५ २०७९
आइतवार, आषाढ ५ २०७९
  • अमित यादवको मृत्युबारे बुझ्न मधेशी आयोग मर्चवारमा

    भैरहवा, ५ असार ।
    रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ का युवा अमित यादवको शंकास्पद मृत्युबारे बुझ्न मर्चवार पुगेका मधेशी आयोगका प्रमुख आयुक्त डा. विजय दत्तले न्यायका लागि पहल गर्ने बताएका छन् । यादवको मृत्युप्रति समवेदना ब्यक्त गर्दै प्रमुख आयुक्त डा. दत्तले सत्यतथ्य अनुसन्धानमा अनुसन्धान गर्ने निकायलाइ सघाउन आग्रह गर्दै अन्य प्रक्रियाका लागि सहयोग गर्न आयोग तत्पर रहेको बताएका हुन् ।

    images
    images
    images

    यादव निवास देवनबक्सापुर पुगेका उनले पीडित परिवारका कुरा सुन्दै धेर्यधारण गर्न आग्रह गरे । उनले भने ‘होनहार युवाको अकल्पनीय मृत्युबाट हामी मर्माहित भएका छौं’ ‘मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली छ,’ उनले भने ।

    प्रमुख आयुक्त डा. दत्त, आयुक्त विजय गुप्त, मधेश मानव अधिकार गृह (माहुरी होम) का प्रतिनिधि र संचारकर्मी सम्मिलित टोलीले मृतका बुवा महेन्द्र यादव र घरपरिवारसँग समेत कुराकानी गर्दै निष्पक्ष छानबीनको आश्वासन पनि दिएका छन् ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित होटल सी प्रिन्सेस बाहिर भुइँमा लडेको अवस्थामा यादवको शव २०७९ जेठ २८ गते भेटिएको प्रहरीले बताएको छ । पीडित परिवारले उनको मृत्यु कसरी भयो ? निष्पक्ष छानबिनको माग गरेका छन् ।

    सुरक्षा कडादेखि ने भैरहवाको होटलमा कसरी यस्तो घटना भयो ? घटना उजागर गर्न होटल व्यवस्थापन, सुरक्षा व्यवस्था र सीसीटिभी फुटेज र पोष्टमार्टम रिपोर्ट लगायतका विषयमा सत्यतथ्य पत्ता लगाउन आवश्यक रहेकोले उच्चस्तरीय छानबिन हुनुपर्ने पीडित परिवारको माग छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij