
आइतवार , आषाढ ५, २०७९
भैरहवा, ५ असार ।
रुपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्षका ‘देवर’ नाता पर्नेको निधन भएपछि आइतवार सार्वजनिक विदा दिइएको छ । मर्चवारी गाउँपालिका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको मृत्यु भएपछि गाउँपालिकामा विदा दिइएको हो ।
गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईद्वारा जारी सूचनामा विदाको जानकारी दिइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij