
शनिवार , आषाढ ४, २०७९
तिलोत्तमा, ४ असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित आनन्दवन टोल विकास संस्थाको साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा छवि भण्डारी चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा हरि नेपाल, सचिवमा अप्सना तिवारी र कोषाध्यक्षमा विष्णु अर्याल चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा जगनाथ खनाल, गोविन्द चापागाईं, सुनिता पाण्डे भुषाल, बन्दना पोखरेल, रन बहादुर सलामी र पार्वती श्रेष्ठ रहेका छन् ।
१५ सदस्यीय नयाँ कार्यसमितिलाई प्रमुख अतिथि वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले बधाई दिंदै सपथ ग्रहण गराएका थिए । उनले हालै सम्पन्न निर्वाचनबाट चुनिएका जनप्रतिनिधिलाई अघि बढ्न टोल विकास संस्थाहरुको सहयोग अपरिहार्य रहेको बताए । उनले नवगठित कार्यसमितिले टोल विकासका लागि उठाउने एजेण्डामा सहकार्य गरी टोललाई नमूना बनाउन वडाले साथ दिने बताए । टोल समितिले कसैलाई पनि काखापाखा नगरी स्थानीयको उल्लेख्य सहभागिता र सल्लाहमा विकासोन्मुख कार्यक्रम गर्नुपर्ने बताए ।
कार्यक्रममा वडा नम्बर ६ का अन्य जनप्रतिनिधि, नगरपालिकाको कार्यपालिका सदस्य नरबहादुर छन्त्याल, नगरपालिकाका सामाजिक शाखा प्रमुख अल्पा घिमिरे, नेपाली कांग्रेस वडा नम्बर ६ का सभापति युवराज भण्डारी, नेकपा (एमाले) का नेता एकादेव पाण्डे, नेकपा (माओवादी केन्द्र) का अनिल चापागाई लगायतले शुभकामना तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उक्त टोलका पूर्व अध्यक्ष सुर्य खनाल रहेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij