
शनिवार , आषाढ ४, २०७९
भैरहवा, ४ असार ।
रोट्रयाक्ट क्लव अफ कोटिहवाको आयोजनामा कोटिहवामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.को सहकार्यमा स्वास्थ्य शिविर भएको हो ।
शिविरमा सिटी हस्पिटलका जनरल फिजिसियन, हाड जोर्नी तथा नशा, बाल रोग, नाक कान घाँटी, छाला तथा गुप्त रोग, मृगौला रोग विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरमा २५० बढीले स्वाथ्य परिक्षण गराएको क्लबका अध्यक्ष पुजन बस्यालले जानकारी दिए । शिविरमा बालबालिकादेखि वृद्धवृद्धासम्मले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविर उद्घाटन गर्दै सिटी हस्पिटलका अध्यक्ष एवं मृगौला रोग विशेषज्ञ डा. सुवोधकुमार पाण्डेले समयसमयमा स्वास्थ्य परीक्षण गर्न सबैलाई आग्रह गरे । उनले बेलैमा रोग पत्ता लगाउन सके उपचार छिटो र सहज हुने भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।
उनले रोग लागेर उपचार गर्न जाने आम प्रचलनलाई तोड्दै सके ६÷६ महिना नभए एक÷एक वर्षमा नियमित रुपमा स्वास्थ्य परीक्षण गराएर ढुक्क हुन आग्रह गरे । उनले स्वस्थ रहनका लागि खानपानमा ध्यान दिनुका साथै योगा तथा व्यायममा समेत ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा पञ्चकन्या समुहका उपमहाप्रबन्धक देवेन्द्र साहुले रोट्रयाक्ट क्लबले सामाजिक उत्तरदाहित्व अन्र्तगत रहेर स्वास्थ्य शिविर राखेर ठूलो मानवीय कार्य गरेको उल्लेख गरे । उनले आफ्नो कामका साथसाथै स्वास्थ्यमा पनि विशेष ध्यान दिन आग्रह गरे ।
क्लबका अध्यक्ष पुजन बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन कृष्ण खनालले गरेका थिए । कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष योगेश पराजुलीले गरेका थिए । स्वास्थ्य शिविरको मिडिया पार्टनरको रुपमा खबरपात्रो डटकम रहेको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij