२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

पाैवाकाे स्वीमिङ्ग पुलमा डुबेर २७ वर्षिय युवाको मृत्यु

शुक्रवार , आषाढ ३, २०७९

  • 32.5K
    Shares
  • 32.5K
    Shares
  • भैरहवा, ३ असार । भैरहवास्थित होटल पौवाद्वारा सञ्चालित स्वीमिङ्ग पुलमा डुबेर एकजना युवाको मृत्यु भएको छ ।

    स्वीमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षिय सुमित तुलाधरको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलका अनुसार शुक्रबार साथीहरुसंगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर बेलुकी सवा ५ बजेतिर स्विमिङ्ग पुलमा डुबेका थिए । तुलाधरलाई उद्दार गरी अस्पताल लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको डीएसपी पौडेलले जानकारी दिए ।

    पौवामा बालबालिका र वयस्कका लागि अलगअलग स्वीमिङ्ग पुल रहेको छ । यससंगै एउटा पोखरी पनि होटल परिसरमा छ ।