२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

मुलुकमा भ्रष्टाचार र बेरोजगारी बढ्दै गयो : राजेन्द्र लिङ्देन

शुक्रवार , आषाढ ३, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • पर्सा, ३ असार ।
    राष्ट्रिय  प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलको कारण मुलुमा भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको आरोप लगाएका छन् ।

    स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले शुक्रबार वीरगन्जमा आयोजना गरेको कार्यक्रममा उनले विगत तीन दशकदेखि सरकारमा सहभागि हुँदै आएका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), मधेसवादी लगायत ठुला दलको गलत नीतिले मुलुकमा दिनानुदिन भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको जिकिर गरे ।

    उनले बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न राष्ट्रसेवक कर्मचारी तथा नेताको सम्पत्तिको छानविन गर्न आवश्यक रहेको बताए । रासस