शुक्रवार , आषाढ ३, २०७९
रामपुर, ३ असार ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ । डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै आजदेखि भदौ मसान्तसम्म राजमार्गमा टिपर सञ्चालनमा रोक लगाएको हो ।
राजमार्ग अन्तर्गत सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र बर्सातको समयमा ठूला मालबाहक सवारीसाधन सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिए ।
सडकमा अत्यधिक भारवहन भएका टिपर सञ्चानलमा रोक लगाउन सहजीकरणका लागि स्थानीय प्रशासन र प्रहरी कार्यालयलाई समेत सडक डिभिजन पाल्पाले अनुरोध गरेको छ । यस सडकखण्डमा दैनिक सवारीसाधनको चाप बढ्दो छ । रासस
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij