२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारी बेपत्ता

शुक्रवार , आषाढ ३, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • ताप्लेजुङ, ३ असार ।

    ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । 

    तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ । थप विवरण आउन बाँकी छ । 

    अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् । रासस