२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

शुक्रवार , आषाढ ३, २०७९

पोखरा, ३ असार ।

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने भएको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त प्रतियोगिता हुने भएको हो।     

साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो। पैतालीस किलोमिटर दूरीको सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए।

महिला र पुरुष विधामा प्रतियोगिता हुनेछ। पोखरा–१६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता र्‍यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत स्थान हुँदै सोही स्थानमा नै आएर सम्पन्न हुने छ।     

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। 

खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार पछिल्लो समय साइक्लिङमा धेरैको रुचि बढेकाले प्रतियोगताका माध्यमबाट साइक्लिङलाई खेलकै रूपमा विकास गर्न मद्दत पुग्ने बताउँछन् ।  रासस