बुधवार , आषाढ १, २०७९
बुटवल, १ असार ।
रुपन्देहीका कर्मकाण्ड सेवा गर्ने पण्डितहरुको संस्थाद्वारा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलमा बुधबार रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान जीवनदान भन्ने नारासहित वार्षिक कार्यक्रममा समावेश गरी रक्तदानलाई नियमित गर्ने परिषद्का अध्यक्ष आचार्य विष्णु ज्ञवालीले बताए । ‘सम्भवतः देशमा नै हामीले पहिलोपटक रक्तदान कार्यक्रम गरेका छौं, ’उनले भने । मानवीय सेवामध्येकै सबैभन्दा उत्कृष्ट कार्य रक्तदान भएको उनले बताए ।
परिषदका उपाध्यक्ष तथा संयोजक ध्रुवशरण ढुंगानाले रगत अभावलाई मध्येनजर गरी सामाजिक कार्यमध्येकै उत्तम कार्य स्वरुप कार्यक्रम गरिएको बताए । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको उनले बताए । धार्मिक संस्कार जर्गेना गर्ने उद्देश्यका साथ संगठित भएका उनीहरु मानवीय जीवन चलाउने १६ कर्मकाण्ड गर्दछन् । संस्थामा करिब २ सय बढी सदस्यहरु रहेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij