२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

जन्मदिनमा बिरामीलाई फलफूल वितरण

बुधवार , आषाढ १, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • बुटवल, १ असार ।
    बुटवलका एक युवाले आफ्नो जन्मदिनलाई सामाजिक कार्य गरी मनाएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ निवासी तथा गोर्खाली युवा सशक्तिकरण संस्था, रुपन्देहीका सचिव केशब खनालले बुधबार लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक विभागमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेर जन्मदिन मनाएका हुन् ।

    ठूलो होटलमा अथवा फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेर सानो सहयोग गरेको उनले बताए । समाज रुपान्तरणको सुरुवात आफैबाट गर्नुपर्ने उनको सुझाव छ । कार्यक्रमलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेसहित विभिन्न वडाका जनप्रतिनिधि, सामाजिक व्यक्तित्व तथा स्वास्थ्यकर्मीहरुले साथ दिएका थिए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले समाज परिवर्तन गर्न युवाहरुको अगुवाई जरुरी रहेको भन्दै नयाँ र उत्प्रेरणा जगाउने खालका कार्यक्रमलाई सबैले अनुसरण गर्न सुझाव दिए ।

    अस्पतालका प्रमुख डा. इन्द्र ढकाल, अध्यक्ष भरत पुरी, अर्जुन खनालले सधै सेवामा समर्पित भएर चलाइएका रचनात्मक अभियानबाट नै समाज रुपान्तरण हुने बताए ।