२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

लक्षित वर्गका लागि सुनचाँदीका गहना बनाउने सीपमूलक तालिम सुरु

बुधवार , आषाढ १, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, १ असार ।
    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर–१३, रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको कार्यालयको सहयोगमा बुधबारदेखि भैरहवामा लक्षित वर्गका लागि सुनचाँदीका गहना बनाउने १५ दिने सीपमूलक तालिम सुरु भएको छ । 
    तालिम असार १५ गतेसम्म सञ्चालन हुने संघका सदस्य तथा कार्यक्रम संयोजक किरण लामगादेले बताए ।

    तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका विज्ञ परामर्श समिति संयोजक प्रेम कुमार सेञ्चुरीले दक्ष कालिगढ बन्ने सके राम्रो आर्यआर्जन गर्न सकिने बताए । उनले राम्रो कालीगढ बन्छु भन्ने अठोट लिएर अघि बढ्न तालिमका सहभागिहरुलाई आग्रह गरे । उनले भने, ‘लक्षित वर्गका लागि प्रत्येक वर्ष स्थानीय तहले बजेट विनियोजन गर्दै आएका छन् । ’

    इमान्दारीका साथ तालिममा नियमित रुपमा सहभागि भइ प्रतिफल प्राप्त हुने गरी अगाडी बढ्न उनले सहभागिहरुलाई आग्रह गरे । 

    विशिष्ट अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष विक्रम बहादुर सुनारले उत्कृष्ट कालिगढ बन्न तालिम सहयोगी हुने बताए । उनले तालिमलाई तालिमको रुपमा मात्र नलिइ ध्यान दिएर सिक्न सहभागिहरुलाई आग्रह गरे । उनले श्रम, सीप, अनुशासन र विकास आवश्यक रहेकोमा जोड दिए ।

    रुपन्देही सुनचाँदी व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष रामकिसन विश्वकर्माले बेरोजगारी हटाउन यस्ता तालिमले मद्दत पुर्याउने बताए ।

    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाशमणि विश्वकर्माले बेरोजगार युवायुवतीलाई तालिमले रोजगारको अवसर सिर्जना गर्ने बताए । 

    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाशमणि विश्वकर्माको अध्यक्षता, संघका प्रथम उपाध्यक्ष दीपक कौशलको स्वागत तथा सह–सचिव सुनिल सेञ्चुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    तालिममा २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको प्रमुख प्रशिक्षक तथा सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका कार्यसमिति सदस्य ध्रुव लामगादेले जानकारी दिए ।