२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

डाइनामिकमा निःशुल्क बारिष्टा तालिमको समापन

मंगलवार , जेठ ३१, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • बुटवल, ३१ जेठ । 
    बुटवलको डाइनामिक टेक्निकल एजुकेशन एण्ड भोकेसनल ट्रेनिङ (डीटीईभीटी) प्रा.लि.मा निःशुल्क बारिष्टा तालिम लिएका प्रशिक्षार्थीहरुलाई होटेल तथा रेष्टुरेण्टहरुमा ओजेटी तालिमका लागि पठाइएको छ । व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुटवलको आर्थिक सहयोगमा प्रतिष्ठानको सहयोगमा डाइनामिक टेक्निकल एजुकेशनमा गत वैशाख ११ गतेदेखि तालिम सुरु भएको थियो । ३९० घण्टाको कार्यगत तालिममा २० जना सहभागी रहेका थिए । 

    कार्यगत तालिमको मंगलबार समापन गर्दै व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुटवलकी कार्यकारी निर्देशक उर्मिला गुभाजुले लक्षित वर्गका लागि निशुल्क तालिम प्रदान गरिएको भन्दै तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरिन् । तालिमले युवा युवतीहरुलाई स्वरोजगार बनाउन र वैदेशिक रोजगारमा जान पनि सहयोग पुग्ने गुभाजुले बताइन् । 

    डाइनामिक टेक्निकल एजुकेसन एण्ड भोकेसनल टे«निङका कार्यकारी निर्देशक अरुण मैनालीले ६० जना मध्येबाट प्रतिष्ठानले तोकेका मापदण्ड पुरा गरेका २० जना मात्र छनोट भएर तालिम लिएकाले तालिमलाई व्यवहारमा सदुपयोग गर्न सुझाव दिए । 
    कार्यगत तालिम पूरा गरेका प्रशिक्षार्थीहरु अब बुटवलका विभिन्न होटेल, रेष्टुरेण्ट तथा क्याफेहरुमा दैनिक ६ घण्टाका दरले १८ दिन ओजेटी तालिममा पठाइने र त्यहाँ उत्कृष्ट पर्फमेन्स देखाउन सुझाव दिए । 

    कार्यक्रममा डीटीईभीटीका  प्रशिक्षकहरु प्रदीप खड्का, सरोज राना र मोनिटरिङ अफिसर मिलन तरामुले सरकारले निःशुल्क प्रदान गरेको तालिमले प्रशिक्षार्थीहरुलाई आत्मनिर्भर बनाउने बताए ।