२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

स्वास्थ्य राज्यमन्त्री विमलालाई बर्खास्त गर्न राप्रपा लुम्बिनीको माग

मंगलवार , जेठ ३१, २०७९

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, ३१ जेठ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशलाई लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई मन्त्री पदबाट बर्खास्त गरी कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ । राप्रपा लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेश सरकारसँग यस्तो माग गरेको हो ।

    राज्यमन्त्री विमलाले मंगलबार सर्वसाधारणको घरमा पुगि महिला र बालबालिकामाथि गरेको दुव्र्यव्यहारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको राप्रपा लुम्बिनीले जनाएको छ ।

    पार्टीका प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले मंगलबार विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘सरकारको मन्त्री जस्तो जिम्मेवार सार्वजनिक पदमा रहेको व्यक्तिबाट आचरणहिन व्यवहार गर्दा समेत मुख्यमन्त्री तथा प्रदेश सरकारको मौनता र स्वास्थ्य राज्यमन्त्रीलाई बर्खास्त गरी कारवाही गर्नुको साटो दोषीलाई ढाकछोप गर्ने प्रयास लज्जाको विषय बनेको छ ।’