२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

स्वास्थ्य राज्यमन्त्री विमलालाई बर्खास्त गर्न एमाले लुम्बिनीको माग

मंगलवार , जेठ ३१, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • रुपन्देही, ३१ जेठ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारको मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्ति सर्वसाधारणको घरमा आचरणहीन व्यवहारमा उत्रिँदा समेत मुख्यमन्त्री तथा सरकार जवाफविहीन भएर बसेको आरोप लगाएको छ ।

    एमाले लुम्बिनी संसदीय दलका उपनेता तथा पूर्वमन्त्री बैजनाथ चौधरीले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली आफ्नो पीएसओसहित परपुरुषको घरमा गएर उनको श्रीमती र परिवारलाई कुटपिट गर्ने, सामान तोडफोड गर्ने प्रमाणसहितका विषय बाहिर आउँदासमेत मुख्यमन्त्रीसहितका मन्त्रीहरू चुप लागेर बस्नु लज्जाको विषय भएको बताएका छन् ।

    ‘नैतिकताको कुनै पनि आधार भए तत्काल मुख्यमन्त्रीले बर्खास्त गरेर अरू छानबीनको प्रक्रिया अघि बढाउनुपर्छ, अब त लुम्बिनीको सांसद, मन्त्री भन्न पनि लाज हुने अवस्था भयो, यस्तो अवस्थामा पनि किन सरकार चुप लागेको छ‘, उनले भने ।
    उनले राज्यमन्त्री वलीलाई बर्खास्त गर्दै शक्तिको दुरुपयोग गरेर अर्काको घरमा पसेर हातपात गर्नेलाई कडा कानूनी कारवाही गर्नुपर्ने एमालेको माग रहेको बताए ।