images

शुक्रवार, बैशाख १४ गते २०८१

तिलोत्तमामा एक युवतीको रहस्यमय मृत्यु 

तिलोत्तमामा एक युवतीको रहस्यमय मृत्यु 

images
images
images
मंगलवार, जेठ ३१ २०७९
मंगलवार, जेठ ३१ २०७९
  • तिलोत्तमामा एक युवतीको रहस्यमय मृत्यु 

    रुपन्देही, ३१ जेठ । २ महिनाअघि एक युवतीको रहस्यमय मृत्यु भएर अहिलेसम्म शव नउठेको रुपन्देहीको तिलोत्तमामा अर्को एक युवतीको रहस्यमय मृत्यु भएको छ ।

    images

    तिलोत्तमा नगरपालिका–६ स्थित सेमरीचौककी २५ वर्षीय सुविना गिरीको शव झुण्डिएको अवस्थामा फेला परेको परिवारको दावी छ । पति सन्जु गिरीले आफूहरुले सञ्चालन गर्दै गरेको होटलमा राति करिब १ बजे झुण्डिएको अवस्थामा फेला परेको र उद्धार गरी अस्पतालमा लगेको दावी गरेका छन् । सन्जुले राति २ बजे मणिग्रामस्थित क्रिमसन अस्पतालमा ल्याउँदा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । 

    यद्यपि सुविना झुण्डिएको र मृत्यु भएकोबारे वरपर छिमेकीले समेत थाहा नपाएको बताएका छन् । आफन्तले आफैले कुटपिट गरेर झुण्डाएको बहाना गरेको बताएका छन् । मृतककी फुपु क्षमा गिरीले शरीरभरि नीलडाम भएकाले पतिले मारेको वा झुण्डाएको दावी गरिन् । आफन्तले घटनाको सत्यतथ्य माग गर्दै दोषीमाथि कावााहीको माग गरेका छन् ।  

    ईलाका प्रहरी कार्यालय बुटवलले घटनाको प्रारम्भिक अनुसन्धान थालेको छ । क्रिमशनमा राखेको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएका छन् । अनुसन्धानपछि मृत्युको कारण खुल्ने प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । मृतकका २ जना नाबालक छोराछोरी छन् ।

    २ महिनाअघि तिलोत्तमा–२ की २९ वर्षिय अमृता टण्डन खत्रीको मृत्यु भएको थियो । उनको अझै पनि अन्त्येष्टि गरिएको छैन । उनका माइती पक्षले अमृताको हत्या भएको भन्दै निरन्तर आन्दोलन गर्दै आएका छन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij