२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राज्यमन्त्रीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय अगाडि धर्ना

मंगलवार , जेठ ३१, २०७९

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई कारबाहीको माग राख्दै स्थानीय महिलाहरुले इलाका प्रहरी कार्यालय तुलसीपुर अगाडि धर्ना दिएका छन ।

मन्त्री वलीले महिला र बालिका माथि हातपात गरेको आरोप लागेको छ । महिला माथि हातपात गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको हो ।

तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको आरोप छ । मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए ।

प्रहरीले अहिले विमला वलिलाइ इलाका प्रहरी कार्यालयमा राखेको छ ।