मंगलवार , जेठ ३१, २०७९
३१ जेठ, दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको हो ।
राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij