२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

जजिराको जहाज काठमाडौंबाट डाइभर्ट भएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

मंगलवार , जेठ ३१, २०७९

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • रुपन्देही, ३१ जेठ । 
    काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबीका कारण मंगलबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । 

    कुवेतबाट काठमाडौंका उडान भरेको जहाज भैरहवामा अवतरण गरेको हो । जजिराको जे नाइन ५४१ को जहाज मंगलबार बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दहालले बताए ।

    महाप्रबन्धक दहालका अनुसार मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे काठमाडौंका लागि उडान भरेको थियो । भैरहवामा करिब एक घण्टा बिताएर जजिरा एयरको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान करिब ६ः५० बजे सकुशल अवतरण गरिसकेको छ।