२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

पेट्रोलियम पदार्थ बोकेका ट्यांकर सीमामा रोकिए

सोमवार , जेठ ३०, २०७९

भैरहवा, ३० जेठ ।
भारतीय भन्सार कार्यालयले सिस्टम अपडेट नगर्दा विगत तीन दिनदेखि सीमापारि रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्यांकर आज नेपाल आउने भएका छन् । भारतीय भन्सार कार्यालयले प्रयोग गर्दै आएको सिस्टम अपडेट गर्ने भने पनि समयमै नगर्दा नेपाल आउने पेट्रोलियम पदार्थको आयात शनिबारदेखि रोकिएको थियो । 

भारतीय भन्सार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि नेपालका लागि ल्याइएको पेट्रोलियम पदार्थ सीमामा रोकिएको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीले जनाएको छ ।

भारतीय भन्सारले नै सिस्टम अपडेट नगरिदिँदा शनिबारदेखि नेपालमा कुनै पनि पेट्रोलियम ट्यांकर आउन नसकेको नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीका प्रमुख नवविनोद पोखरेलले बताए ।  आज कार्यालय खुलेपछि केही समयमा पोखरेलले पोखरेलले जानकारी दिए ।

‘भारतीय आयल कर्पोरेशनले एडी कोड राख्नुपर्छ, शूक्रबारदेखि लागू भएको नयाँ व्यवस्था अनुसार कर्पोरेशनले कोड राख्न ढिलापछि समस्या आएको हो, अब केही समयमा खुल्ने सूचना पाएका छौं’, उनले भने ।

भैरहवा भन्सार हुँदै दैनिक ४०–५० वटा टयांकर आउने गरेकोमा शनिबार र आइतबार कुनै पनि नआएको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार आइओसीको सिस्टममा केही परिवर्तन भएकोले आयात रोकिएको छ । भन्सार कार्यालय, नेपाल आयल निगम र सरोकारवाला निकायले समनव्य गरिरहेका छ्न । बेलहिया नाका हुँदै आउने लोडेड ७५ वटा डिजल पेट्रोलका टयांकर सिमापारि नै रोकिएको हो ।