२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

पद्य चैत्य विहारको पूर्वउपप्रधानमन्त्री पौडेलले गरे उद्घाटन

आइतवार , जेठ २९, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • बुटवल, २९ जेठ
    देशविदेशबाट बुद्ध जन्मस्थल लुम्बिनी आउने धार्मिक पर्यटकहरुलाई पूजाआजा र गासबासको निःशुल्क सेवा दिदै आएको बुटवलको पद्य चैत्य बिहारको स्तरोन्नति गरिएको छ । पर्यटकहरुको चाप बढ्दै गएपछि बिहारमा थप भवन निर्माण गरिएको हो । बुटवलका एक समाजसेवीदाताबाट प्राप्त भएको ११ धुर जग्गामा सुविधासम्पन्न ३ तल्ले भवन निर्माण गरिएको हो । 

    बुटवलका पुराना व्यवसायी तथा समाजसेवी पिता स्वर्गीय युक्तप्रसाद प्रधान र माता तुल्सी प्रधानको नाममा समाजसेवी देवेन्द्र प्रधानले जग्गादान गरेका छन् । पद्य चैत्य बिहारको १०८ औं स्थापना दिवस तथा नवनिर्मित तुलसी युक्त धम्म भवनको आइतबार पूर्व उपप्रधान, अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले बोधी मत प्रज्वलन गरी समुद्घाटन गर्दै बुद्ध र बुद्घ स्थलको विकास गर्दै पर्यटन क्षेत्रसँग जोड्नुपर्ने बताए । देशको आर्थिक समृद्धि पर्यटन र कृषिको आधुनिकरणबाट सम्भव रहेको उनले बताए । वि.सं. १९७१ सालमा सिंहबिर बज्राचार्य काठमाडौंबाट बुटवल आएर बुद्घप्रचार गर्ने सोचका साथ कालोमाटोबाट बुद्घ चैत्य स्थापना गरेको भन्ने इतिहास रहेको छ । पुरानो चैत्यलाई वर्षेनी मर्मत गरिदै आएको भए पनि निकै पछि मानमुनीले बिहारलाई विधिपूर्वक निर्माण र ढलोटको बुद्घमुर्ति स्थापना गराएका बिहारका संरक्षक विमल बहादुर शाक्यले बताए । कमलको स्वरुपमा रहेको स्पद्म चैत्य कर्म बिहार नामाकरण भएको उनले बताए । वि.सं.२०५४ सालमा स्थानीय तहको निर्वाचन पछि बिहारलाई थप सौन्दर्यीकरण गरिएको थियो । 

    कार्यक्रममा अध्यक्ष सुरेशरत्न बज्राचार्यले बौद्ध तिर्थयात्रीहरुलाई सेवा दिने गरी विहारको स्थापना भएको बताए । देशविदेशबाट आउने भिक्षुभिक्षुणी, धर्मभन्तेहरु लुम्बिनी भ्रमणपछि बिहारमा पूजा, दर्शन गर्ने गरेको उनले बताए । पद्म चैत्य बिहारमा तिर्थयात्रीहरुको चाप बढ्दै गएपछि दक्षिणतर्फको जग्गा स्थानीय समाजसेवीबाट दान प्राप्त भएको उनले बताए । करिब डेढ कठ्ठा जग्गामा बिहारको पूर्वाधार तयार भएको छ । बौद्ध स्तुपा स्थापना साथै बौद्ध पुस्तकालयलाई थप व्यवस्थित गर्ने योजना रहेको उनले बताए । 

    बिहार निर्माणका लागि नेपाल सरकार, तराई मधेश समृद्ध कोषबाट ५० लाख रुपैयाँ, बुटवल उपमहानगरपालिकाबाट १४ लाख ४३ हजार ३ सय ९९ रुपैयाँका साथै धेरै दाताहरुको सहयोगमा करीब १ करोड २४ लाख ७४ हजार २ सय ७९ रुपैयाँ लागतमा पूर्वाधार तयार भएको महासचिव दीपक बहादुर बज्राचार्यले बताए ।  

    कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व जनसंख्या तथा स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठ, सांसद डा. पुरन बज्राचार्य, निवर्तमान मेयर शिवराज सुवेदी, निवर्तमान उपमेयर गुमादेवि आचार्य, एमाले प्रदेश कमिटी सदस्य ज्ञानु केसी, भन्ते वजिरश्री महाअष्टबिर, ज्ञानेन्द्र, कबिन्द्र, महेन्द्र, सल्लाहकार जीवन ओझा, बाबुकाजी शाक्य, आनन्द भगत शाक्यले विहार अन्तरगत विभिन्न उपसमितिहरु गठन भएका छन । देशभरमा रहेका १ सय २२ वटा समूहले बौद्ध दर्शन दर्शाउने भजन, धर्मदेशना दिने बौद्ध युवा ज्ञानमाला संघ गठन भएको अध्यक्ष रमना श्रेष्ठले बताइन् ।