
आइतवार , जेठ २९, २०७९
बुटवल, २९ जेठ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाका एकल महिलाहरुलाई आफ्नो हकअधिकार र नेतृत्व विकास गराउने लक्ष्यसहित बुटवलमा तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकारको लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजना र कुर्भे विस्ट्रोको सहयोगमा बुटवल उपमहानगरपालिकाभित्रका १९ वटै वडाका प्रतिनिधिमुलक हुने गरी २७ जना एकल महिलाहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको समुहका सचिव रिता सेनले बताइन् । कुर्भे विस्ट्रो भन्ने जर्मनी संस्थाले परियोजनामार्फत यस क्षेत्रमा एकल महिलाको दक्षता वृद्धि, विपन्न एकल महिलाका अधिकार र कर्तव्य, द्वन्दप्रभावित व्यक्तिका लागि समेत सीप र रोजगार दिएर आयआर्जन विकासका लागि सहयोग हुने गरी काम गरिरहेको उनले बताइन् ।
तालिममा सचिव रिता सेन, समूहकी प्रदेश अध्यक्ष जानकी घिमिरे र शिक्षा अधिकारीले सिमान्तकृत, एकल महिला, आयआर्जनका क्षेत्र, नेतृत्व विकास, कार्यक्रम तयारी र कार्यपत्रको विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा सीमान्तकृत वर्ग, विपन्न एकल महिलाका अधिकार र कर्तव्य, द्वन्दप्रभावित व्यक्तिलाई समेटेर सीप र रोजगार दिनेबारे समेत छलफलहरु भएको उनले बताइन् । कार्यक्रममा राधिका श्रेष्ठले आर्थिक रुपमा सबल बनाउने गरी कार्यक्रमहरु ल्याउनुपर्ने बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij