२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको ४६ औं वार्षिक साधारणसभा

शनिवार , जेठ २८, २०७९

भैरहवा, २८ जेठ ।
नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको ४६ औं जिल्ला वार्षिक साधारणसभा नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाको आतिथ्यतामा शनिबार भैरहवामा सम्पन्न भएको छ ।

जिल्ला शाखाका सभापति प्रेमलाल उदासको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाका निवर्तमान सभापति संजीव शर्मा रेग्मी, जिल्ला शाखाका सल्लाहकार विमल बहादुर शाक्य, जिल्ला कार्यसमिति सदस्य एवं केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले बोलेका थिए ।

कार्यक्रममा नेपाल आईडल सिजन ४ का विजेता भुपेन्द्र थापाले प्राप्त गरेको वामदेव स्मृति पुरस्कार–२०७८ को घोषणा जिल्ला शाखाका उपसभापति दीपक क्षेत्री न्यौपानेले गरेका थिए ।

कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ र २०७९ वैशाखसम्मको प्रतिवेदन एवं आ.व. २०७९÷०८० को प्रस्तावित कार्यक्रम जिल्ला शाखाका मन्त्री आर मोहम्मद खाँ तथा आ.व. २०७७/०७८ लेखापरीक्षण प्रतिवेदन एवं आ.व. २०७९÷०८० को प्रस्तावित कार्यक्रम र बजेट कोषाध्यक्ष रुपमा कुमारी हिराचनले प्रस्तुत गरेका थिए । 

त्यस्तै जिल्ला शाखाका लेखा समिति संयोजक विजयनारायण श्रेष्ठले सल्लाह सुझावसहितको प्रतिवेदन पेश गरेका थिए ।
उक्त अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कार २०७८ बाट वरिष्ठ ल्याब प्राविधिक केशर सिंह गाहा, उत्कृष्ट स्वयंसेवक पुरस्कार २०७८ बाट देवदह उपशाखाका पूर्व सभापति गोपाल ढकाल, महिला सदस्यता अभिवृद्धि पुरस्कार २०७८ बाट सिद्धार्थ उपशाखा, आजीवन सदस्यता अभिवृद्धि पुरस्कार २०७८ बाट सिद्धार्थ उपशाखा, उत्कृष्ट उपशाखा २०७८ तेस्रो पुरस्कारबाट मणिग्राम उपशाखा, उत्कृष्ट उपशाखा २०७८ दोस्रो पुरस्कारबाट धकधई उपशाखा, उत्कृष्ट उपशाखा २०७८ दोस्रो पुरस्कारबाट मणिमुकुन्द उपशाखा, उत्कृष्ट उपशाखा २०७८ प्रथम पुरस्कारबाट बुटवल उपशाखा सम्मानित भएको थियो । 

सिद्धार्थ उपशाखाका कार्यवाहक सभापति राजेश जि.सी.को स्वागत तथा उपसचिव सीता भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।