शनिवार , जेठ २८, २०७९
बुटवल, २८ जेठ ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनले शुक्रबार तनाव व्यवस्थापन तालिम सम्पन्न गरेको छ । प्रविधिमैत्री आधुनिक जीवनशैली अपनाउने मानिसहरुमा तनावको समस्या देखिने गरेको भन्दै यस विषयमा सचेतना जगाउने उद्देश्यका साथ क्लबका सदस्यहरुलाई एकदिने तनाव व्यवस्थापन सम्बन्धि तालिम गरिएको क्लबका अध्यक्ष जविन कक्षपतिले बताए ।
तालिमलाई वरिष्ठ न्युरोसाईक्रेटिक्स राजेश श्रेष्ठले सहजिकरण गरेका थिए । उनले आधुनिक जीवनशैलीलाई थोरै भए पनि परिवर्तन गर्न सके यसबाट मानिसमा आइरहेको धेरै किसिमका मानसिक समस्या कम हुने दावी गरे ।
कार्यक्रमको रोटरी ईन्टरनेशनल ३२९२ नेपाल भुटान २०२१/२०२२ का एजी डा. नारायण प्रसाद पन्थले उद्घाटन गरेका थिए ।
त्यसै गरी एजी जीवन अधिकारी, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का नवनिर्वाचित वडाअध्यक्ष नरिश्वर पौडेल, क्लबका सचिव बाबुराम बन्जाडे, क्लबका इलेक्ट प्रेसिडेन्ट भरत रानाले यस क्षेत्रका सामाजिक क्षेत्रमा अग्रसर क्लबहरु सामूहिक कार्यमा लाग्नुपर्ने समय आएको बताए ।
कार्यक्रम सयोजक शिव ज्ञवालीले क्लबको ८ सय ९५ नियमित बैठक तथा पाचौ क्लब एसेम्बली समेत सम्पन्न भएको बताए । क्लबका प्रगतिका बारेमा विभिन्न संयोजकहरुले कार्यप्रगति पेश गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij