२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

नाडा लुम्बिनीको दोस्रो साधारणसभा

शनिवार , जेठ २८, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बुटवल, २८ जेठ ।
    लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडाका दोस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । 
    साधारणसभाको एक समारोहकाबीच लुम्बिनी प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री पुर्मती ढेगामगरले उद्घाटन गर्दै युवाहरुलाई देशमा नै रोजगार दिन अटो व्यवसायको योगदान रहेको बताइन् । अटो व्यवसायलाई उकास्ने गरी अटो तालिमका साथै उद्यम व्यवसायी बनाउने रुपमा कार्यक्रमहरु ल्याएको उनले बताइन् । युवा र अटो क्षेत्रलाई समेट्ने गरी नीतिगत रुपमा आफूले काम गर्ने प्रतिवद्घता जनाउँदै सडकको मर्मत, सवारी व्यवस्थापनका लागि आवश्यक ट्राफिक व्यवस्थापनको लागि समेत पहल गर्ने उनले बताइन् । 

    कार्यक्रममा नाडा लुम्बिनीका अध्यक्ष गणेश भट्टराईले लुम्बिनी प्रदेशका १२ जिल्लाका व्यवसायीहरुलाई संगठित गर्दै अगाडि बढेको बताए । देशको राजस्वमा २५ प्रतिशत योगदान दिएको र लाखौ युवाहरुलाई रोजगार दिन सफल भएको र कुल आयको दोब्बर राजस्व उपलब्ध गराउने गरेको उनले बताए । सरकारले पछिल्लो समय सवारी आयातमा गरेको प्रतिबन्धले आर्थिक समस्या उत्पन्न हुने देखिएको उनले बताए । अटोमोबाईल्स ब्यवसायमा संकट छाएको उनले दुःखेसो गरे । समृद्धिको यात्रामा अघि बढेको देशकै विकास गर्न पर्यटन र कृषि प्रमुख मानिने भएकाले पनि यसमा अटोमोबाइल्सको महत्वपूर्ण योगदान रहेको उनले बताए । 

    कार्यक्रममा केन्द्रिय अध्यक्ष ध्रुव बहादुर थापाले प्रदेशस्तरमा संस्थालाई विकेन्द्रीकरण गरी व्यवसायीहरुलाई संगठित र मजबुत बनाउने कामलाई अघि बढाएको बताए । इतिहासमा नै अटो क्षेत्र सबैभन्दा कठिन समस्यामा रहेको भन्दै यसमा सरकारको विशेष ध्यान जानुपर्ने बताए । साढे ३ खर्बको लगानी, १ लाख प्रत्यक्ष र राजूवमा २५ प्रतिशत योगदान दिएको क्षेत्रलाई राज्यबाट योगदानको महत्व बुझ्न नसकेको भन्दै उनले दुःखेसो गरे । विद्युतिय सवारीलाई प्राथमिकता राख्ने भने पनि व्यवहारमा कार्यान्यनमा चुकेको उनले दुःखेसो गरे । नेपालको भौगोलिक अवस्था र विद्युतिय सवारीको प्रयोगविपरीत सरकारी नीति भएको भन्दै २ वर्षको अन्तरमा ४ पटक कर फेरबदल गरेको दुखेसो गरे । 

    कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले ट्राफिक नियमको पूर्ण पालना नभई दुर्घटनामा कमी नआउने भन्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताए। सबैले आफ्नो जिम्मेवारी र भूमिका मानेर योगदान दिन आग्रह गर्दै अझै पनि प्रविधिको कमी ट्राफिक व्यवस्थापन रहेको उनले बताए । 

    कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजुले कोभिड–१९ को संक्रमणबाट प्रभावित भएको क्षेत्र अटो व्यवसाय भएको भन्दै सरकार आर्थिक तरलता र व्यापार घाटा देखाएर एलसीको कडाई गलत भएको बताए । एकातिर सन २०३० सम्म पेट्रोलियम पदार्थ जिरो गराउने घोषणा गर्ने अर्कोतर्फ ईलेक्ट्रिक सवारीको भन्सार बढाउनु गलत भएको उनले बताए । 
    कार्यक्रममा पत्रकारीता क्षेत्रबाट अटोमोबाईल्स क्षेत्रको योगदान पुर्याएको भन्दै पत्रकार स्वस्तिक श्रेष्ठ र कपिल ज्ञवालीलाई नगदसहित सम्मान गरिएको छ । नाडा लुम्बिनीले निवर्तमान केन्द्रीय अध्यक्ष तथा सफल व्यवसायी कृष्ण प्रसाद दुलाललाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरेको छ । 

    त्यसै गरी ट्राफिक ब्यवस्थापनमा उत्कृष्ट योगदान पुर्याएको भन्दै ३ जना ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ । ट्राफिक सहायक निरिक्षक फरसुराम गौतम, ट्राफिक तामलाल भट्टराई, अर्जुन कुमार परियारलाई नगद सहित सम्मान गरिएको हो। 
    कार्यक्रममा निर्वतमान केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद दुलाल, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पाण्डे, महासचिव सुरेन्द्र कुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल, कार्यसमिति सदस्य अनुप कुमार बराल, गोपाल भट्टराई, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरे, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे,नाडा लुम्बिनीका महासचिव रोशन पाण्डेले अटो व्यवसायीहरु केवल आर्थिक मात्र नभइ सामाजिक क्षेत्रमा समेत योगदान दिदै आएको बताए । देशभरमा नाडामा ३ हजार २ सय सदस्य आबद्घ छन् ।