२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

मिलन बाल समूहद्वारा सरसफाई

शनिवार , जेठ २८, २०७९

भैरहवा, २८ जेठ । 
मिलन बाल समूहले तिलोत्तमा नगरपालिका–८ स्थित संगम टोल र मिलन टोलमा सडक सरसफाई गरेको छ ।

नियमित कार्यक्रम अन्तर्गत ‘सुशासनयुक्त, पर्यटकीय र समृद्व तिलोत्तमा नगर’ भन्ने नाराकासाथ शनिबार सरसफाई गरिएको समूहका अध्यक्ष सुमित भण्डारीले बताए ।

कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो ।