images

शनिवार, बैशाख ८ गते २०८१

जापान गोजूरियो कराते डो मिसन संघद्वारा तिलोत्तमाका जनप्रतिनिधिलाई स्वागत

जापान गोजूरियो कराते डो मिसन संघद्वारा तिलोत्तमाका जनप्रतिनिधिलाई स्वागत

images
images
images
शनिवार, जेठ २८ २०७९
शनिवार, जेठ २८ २०७९
  • जापान गोजूरियो कराते डो मिसन संघद्वारा तिलोत्तमाका जनप्रतिनिधिलाई स्वागत

    भैरहवा, २८ जेठ ।
    जापान गोजूरियो कराते डो मिसन संघ, नेपालले तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख ,वडा अध्यक्षहरु, वडा सदस्य लगायत जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।  

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख राम कृष्ण खाँणले  खेल र खेलाडीले आफूलाई मात्र नभइ राष्ट्रलाई नै चिनाउने बताए । उनले अनुशासनले मात्र देश विकास गर्न सक्ने बताउदै अब तिलोत्तमा नगरपालिकाले छिट्टै खेलमैदान बनाउने प्रतिवद्धता व्यक्त गरे । 

    त्यस्तै तिलोत्तमा उपप्रमुख जगेश्वरी देवी चौधरीले खेलकुद राष्ट्र र स्वास्थ्य लागि मात्र नभइ आर्थिक एवं आत्मरक्षाका लागी पनि खेलकुद भएकोले स्थानीय सरकारबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर व्यक्त गरिन् । उनले विगतमा मिसन संघ सहभागी भइ विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्रशंसा गरिन् । 

    मिसन संघ नेपालका प्रमुख सल्लाहकार भरत बहादुर केसीले कराँतेबारे प्रकाश पारेका थिए ।

    कार्यक्रममा तिलोत्तमा–१५ का अध्यक्ष खेमराज गुरुङ, वडा नम्बर १३ का अध्यक्ष नारायण ढकाल, १४ का अध्यक्ष अस्मिन पौडेल, ७ का अध्यक्ष देवी प्रसाद पंगेनी, १६ का झवि भुसालले बोलेका थिए ।

    कार्यक्रममा तिलोत्तमा–७ का जनप्रतिनिधि गणेश भण्डारी, शोभाकान्त ढकाल, तारा थापा, कल्पना रोक्का, वडा नम्बर १५ का घनश्याम थापा, शोहरत थारु, क्षितिजा पौडेल र कल्पना भण्डारी पासीको उपस्थिति रहेको थियो ।

    तिलोत्तमा नगरपालिकास्थित भलवारी डोजोमा भएको कार्यक्रम संघका अध्यक्ष काजी रानाको अध्यक्ष, रुपन्देही जिल्ला अध्यक्ष उमेश थापा लाटोमगरको स्वागत तथा केन्द्रिय सचिव गिरी प्रसाद पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij