शनिवार , जेठ २८, २०७९
भैरहवा, २८ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित स्टक टोलमा श्री काली माता मन्दिर निर्माण हुने भएको छ । मन्दिरको शनिबार लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री सन्तोष कुमार पाण्डेय र सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
पूर्वमन्त्री पाण्डेयले धर्म र अध्यात्म जीवनमा महत्वपूर्ण रहेको बताए ।
स्थानीय गाउँ समाजको सक्रियतामा मन्दिर निर्माणको थालनी गरिएको वडाअध्यक्ष यादवले बताए । उनले भने, ‘मन्दिर निर्माणका लागि वडा समितिको कार्यालयको विशेष सहयोग रहनेछ । ’ स्थानीयबासीको अगुवाइमा मन्दिर निर्माण हुने उनले जानकारी दिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij