२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

साहु तेली कल्याण सेवा समिति रुपन्देहीमा रामवचन गुप्ता

शुक्रवार , जेठ २७, २०७९

भैरहवा, २७ जेठ ।
साहु तेली कल्याण सेवा समिति सिद्धार्थनगर, रुपन्देहीको तेस्रो वार्षिक साधारणसभा तथा अधिवेशन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले रामवचन गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा पूर्णवासी गुप्ता, त्रिलोकी गुप्ता, उपाध्यक्षमा रामवृक्ष गुप्ता, महासचिवमा लालमन साह, कोषाध्यक्षमा दुर्गा प्रकाश गुप्ता, सचिवमा राम दयाल गुप्ता र सह–कोषाध्यक्षमा सुन्दर गुप्ता रहेका छन् ।

त्यस्तै सदस्यहरुमा गुलाबचन्द गुप्ता, गणेश गुप्ता, अयोध्या प्रसाद तेली, अच्छेलाल गुप्ता, सुवास गुप्ता, अनिता गुप्ता, ओमप्रकाश गुप्ता, रमेश गुप्ता, राजकुमार गुप्ता, उर्वशी गुप्ता, राजेश गुप्ता र विजय गुप्ता रहेका छन् ।

त्यसै गरी क्षेत्र नम्बर १ को अध्यक्षमा भण्डारी गुप्ता, २ मा पवन गुप्ता, ३ मा पूर्णवासी गुप्ता, ४ मा कवलमन गुप्ता र ५ मा कृष्णशंकर प्रसाद गुप्ता निर्वाचित भएका छन् ।

त्यस्तै समितिको वरिष्ठ सल्लाहकारमा राजेन्द्र गुप्ता, अजय कुमार गुप्ता, हरिशंकर गुप्ता, मदन गुप्ताm पारसनाथ गुप्ता, भुवाल गुप्ता र दयाशंकर गुप्ता रहेका छन् ।

IMG_9389.JPG

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि तेली कल्याण समाज महासंघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र गुप्ताले साहु तेली समाज एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले दाइजो प्रथा निर्मुल गर्नका लागि हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष रामवचन गुप्ताले आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो कार्यकालमा धर्मशाला बनाउने बताए ।

साहु तेली कल्याण सेवा समितिका संस्थापक अध्यक्ष कन्हैयालाल गुप्ताले साहू तेली समाज एकताबद्ध भएर अगाडी बढ्दै आफ्नो पहिचान स्थापित गर्दै जानुपर्ने बताए ।

कार्यक्रममा तेली कल्याण समाज महासंघकी केन्द्रीय सदस्य विमला गुप्ता, गैडहवा गाउँपालिका वडा नम्बर ५ का पूर्व वडाअध्यक्ष कृष्णशंकर प्रसाद गुप्ता, नेपाल भारत अवध मैत्री समाज रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ता, रुदल गुप्ता, राजेश्वर साह, हरिशंकर गुप्ता, मदनलाल गुप्ता, कार्यक्रम संयोजक त्रिलोकी गुप्ता, राजकुमार गुप्ता, लालमन साह, दुर्गा प्रकाश गुप्ता, गुलाबचन्द गुप्ता, छेदी गुप्ता लगायतले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड थिए ।

साहू तेली कल्याण सेवा समितिका संस्थापक अध्यक्ष कन्हैयालाल गुप्ताको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष रामवचन गुप्ताको स्वागत मन्तव्य तथा सह–सचिव राम दयाल गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

धर्मशालाको शिलान्यास

यसैबीच साहु तेली कल्याण सेवा समिति सिद्धार्थनगर, रुपन्देहीको स्वामीत्वमा सञ्चालन हुने धर्मशालाको शुक्रबार शिलान्यास गरिएको छ ।

IMG_9351.JPG

समितिका संस्थापक अध्यक्ष कन्हैयालाल गुप्ता र उनको पत्नी सुभावती देवीले धर्मशालाको शिलान्यास गरेका हुन् । सिद्धार्थनगर नगरपालिका–६ स्थित पिपरहियामा ४ कठ्ठामा करिब डेढ करोडको लागतमा उक्त धर्मशाला निर्माण हुने समितिले जनाएको छ ।