२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

गुल्मीको पल्लिकोटमा डोजर दुर्घटनामा चालकको मृत्यु

शुक्रवार , जेठ २७, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • २७ जेठ, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका पल्लिकोटमा जेसिबिडोजर दुर्घटनामा चालकको मृत्यु भएको छ। छत्रकोट गाउँपालिका वडानम्बर(२ पल्लिकोटको रातापानी भन्ने ठाउमा लु १ क ४७७१ नम्बरको जेसिबि डोजर दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परेर जेसिबि डोजर चालक दाङ जिल्ला शान्तिनगर गाउँपालिका वडानम्बर ( १ निवासी  ३३ वर्षका यज्ञ वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए  । जेसिबि डोजर गएराती छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छा तर्फ आउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेको जेसिबि डोजर सडकबाट करिव ५ सय मिटर तल खसेको छ । जेसिबि बिहीबार राति दुर्घटनामा परेपनि स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए ।

    घटना स्थानमा इलाका प्रहरी चौकी रिडिका प्रहरी निरीक्षक यमलाल बन्जाडेको कमाण्डमा टोलि खटिएको थियो । घटना स्थलमा प्रहरी पुग्दा चालक मृत अवस्थामा फेला परेका थिए ।