
बिहिवार , जेठ २६, २०७९
भैरहवा, २६ जेठ ।
भैरहवा बहुमुखी क्याम्पस सिद्धार्थनगर, रुपन्देही मास्टर इन बिजनेश म्यानेजमेन्ट (एमबीएम) आयोजनामा केस स्टडी प्रस्तुती कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।
कार्यक्रममा एमबीएम दोस्रो सेमेस्टरका विद्यार्थीहरुले केस स्टडी प्रस्तुत गरेका थिए । तीन वटा समूहमा विभाजन गरी विद्यार्थीहरुले केस मास्टर इन बिजनेश म्यानेजमेन्ट (एमबीएम) केस स्टडी प्रस्तुत गरेको क्याम्पसले जनाएको छ ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख अनिल कुमार झाले यस्ता खालका कार्यक्रमले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न मद्दत गर्ने बताए । उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा प्राध्यापक डा. सचितानन्दन पाठक, बीबीएमका निर्देशक डा. सहदेव भट्ट, दीपक ढकाल, शिक्षिका प्रियंका जैसवाल लगायतले बोलेका थिए ।
एमबीएम प्रोग्रामका निर्देशक दिवाकर पाण्डेको अध्यक्षता, क्याम्पस प्रमुख अनिल कुमार झाको प्रमुख आतिथ्यता, विद्यार्थीद्वय भिम भण्डारीको स्वागत तथा देवानन्द चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij